True Nepali HEROS - We Salute Them !

Reviews of some of finest Nepali Blogs

True Nepali HEROS - We Salute Them !

Postby nepali_kancha on Wed Feb 03, 2010 10:24 am

अमेरिकामा अध्ययनरत् २१ वर्षे किशोरीले आफ्नै योजनामा १७ हजार अमेरिकी डलर जुटाएर मातृभूमिका दुई गाउँ झ्ालमल्ल पारिदिएकी छिन्। डम्बरकृष्ण श्रेष्ठ को रिपोर्ट

By: डम्बरकृष्ण श्रेष्ठ

Image

अहिले राजधानी र ठूला शहरहरूमा दैनिक ११ घण्टा लोडसेडिङ भइरहँदा ललितपुरको मापिखेल, गुर्दङ गाउँका ३० घर तथा काभ्रेको भीमखेरी गाविस, तल्लो केराबारीका ३२ घरमा चौबीसै घण्टा बिजुलीबत्तीको सुविधा छ। गुर्दङमा ६ महिनाअघि र केराबारीमा पुसको अन्तिम साता बत्ती बलेपछि यहाँका मानिसले टुकीको धूवाँबाट मुक्ति पाएका छन्। यो परिवर्तन कसरी त? पत्याउन गाह्रो पर्ला― भर्खरै टिनएज (किशोरवय) पार गरेकी एक नेपाली युवतीले करिब साढे १२ लाख रुपैयाँको खर्चमा ३/३ किलोवाटको दुई साना जलविद्युत् योजना कसैलाई पत्तै नदिई पूरा गरेकी छन्।

यो काम अमेरिकामा अध्ययनरत् काठमाडौं, कुलेश्वरकी २१ वर्षीया दृष्टि श्रेष्ठले आफ्नो मोडल माइक्रो हाइड्रो पावर प्रोजेक्ट पूरा गर्न कुनै सरकारी, गैरसरकारी संस्थाबाट खर्च जुटाएकी हैनन्, न त अमेरिकामा चन्दा सङ्कलन नै गरेर। अमेरिकाको भर्मोण्टस्थित मिडलबेरी कलेजमा लिवरल आर्टस्तर्फ मनोविज्ञान र अर्थशास्त्र विषयमा स्नातक अध्ययनरत् उनले अन्तरकलेज प्रतिस्पर्धाका लागि विद्यार्थीहरूमाझ् आह्वान गरेको प्रोजेक्टको पेपरवर्क हेरेर कलेजले नै १० हजार अमेरिकी डलर दिएको हो। उनको सोही प्रोजेक्टले ७ हजार अमेरिकी डलरसहितको अन्तर्राष्ट्रिय क्लिण्टन ग्लोवल इनिसेटिभ अवार्ड पायो। दृष्टि भन्छिन्, “एउटा गाउँका लागि बनाएको प्रोजेक्टलाई दुईतिरबाट रकम जुटेपछि तुरुन्तै अर्को गाउँ खोजेेर काम गरेँ।”

कसरी बन्यो सोच

काठमाडौंको सेन्टमेरिज हाईस्कूलबाट ६ वर्षअघि १० कक्षा उत्तीर्ण गर्नासाथ छात्रवृत्ति पाएर उनी अमेरिकाको मेक्सिकोस्थित युनाइटेड वर्ल्ड कलेज पुगेकी थिइन्। किशोरी दृष्टिमा त्यहाँ ९२ देशबाट पढ्न आएका २०० विद्यार्थीहरूसँग दुई वर्ष बिताउँदा नेपाल र नेपाली हुनुको महसुस भयो। सन् २००७ मा १२ कक्षा उत्तीर्णपछि यी मेधावी विद्यार्थीले मिडलबेरी कलेजमा थप अध्ययनको लागि छात्रवृत्ति पाइन्। जहाँ द्वन्द्वग्रस्त क्षेत्रमा उपयोगी हुने कुनै आयोजनाको उत्कृष्ट खाका बनाउने एक विद्यार्थीले अन्तरकलेज प्रतिस्पर्धामा १० हजार अमेरिकी डलर पाउने थाहा पाएपछि उनी आफ्नै देश सम्झ्ेर घोत्लिन्। शुरुमा दुर्गम गाउँमा औषधि र स्वास्थ्य चेतना पुर्‍याउने सोच आयो। पछि माइक्रो फाइनान्स चलाएर गाउँलेलाई आत्मनिर्भर बनाउने, सोलार टुकी बालेर उज्यालो बनाउने जस्ता योजना सल्बलाए। भन्छिन्, “सजिलै हुने कामभन्दा पनि दीर्घकालीन प्रभाव पार्ने योजना बनाउन म चाहन्थें।” यसक्रममा बुबा डम्बरबहादुर नेपालीले नेपालको जलविद्युत् क्षेत्रमा गरेका धेरै काम सम्झ्िइन्, दृष्टिले। सानैदेखि चिलिमे जलविद्युत् आयोजनामा बुवाले काम गरेको, पानीबाट बिजुली निकालेको देखेकी दृष्टिले माइक्रो हाइड्रोपावरका बारेमा इन्टरनेटबाट जानकारी बटुलेर अध्ययन गरिन्। उनी भन्छिन्, “माइक्रो हाइड्रोबारे अध्ययन गरेर एउटा सानो प्रोजेक्टको खाका बनाएपछि मात्रै बुबालाई सोध्दा उहाँ छक्क पर्नु भो!” बुबाले हौस्याएपछि उनमा झ्नै उत्साह बढ्यो।


Image

दृष्टिको दृष्टिः २५ पुसमा काभ्रेको केराबारीमा बिजुली बलेपछि गाउँलेलेे लगाइदिएको फूलमाला

तर उत्साहपूर्वक तयार पारिएको प्रोजेक्ट प्रतिस्पर्धामा दोस्रो भयो। तैपनि उनले हरेस खाइनन्। कलेजका प्रमुखलाई आफ्नो योजना र नेपालका दुर्गम गाउँमा बिजुलीको महत्वबारे बुझ्ाएपछि कलेज उनलाई १० हजार डलर दिन तयार भयो। रकम पाउनासाथ गाउँलेबाट श्रमदान लिने गरी काम शुरु गरिन्। कसैलाई सहयोग गर्नु छ भने माछा नदेऊ माछा मार्ने सीप देऊ भन्ने भनाइ अनुसार गाउँलेलाई आयोजनामा प्रत्यक्ष सहभागी गराएको उनी बताउँछिन्। घर-घरमा विद्युत् पुर्‍याउने तार, चीम र होल्डरमा घरधनीले नै लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरियो। ५०० मिटर टाढाको खोलाबाट पाइपमा पानी ल्याएर गत असारमा ललितपुरको गुर्दङ गाउँमा बत्ती बलेपछि गाउँलेले दृष्टिलाई फूलमाला पहिर्‍याएर सम्मान गरे।

यता काम भइरहँदा दृष्टिले बनाएको त्यही योजनाले ७ हजार अमेरिकी डलरसहितको अन्तर्राष्ट्रिय क्लिण्टन ग्लोवल इनिसियटिभ अवार्ड पाएको खबर आयो। जुन उपयोग गर्नका लागि अर्को त्यस्तै गाउँ खोज्दा काभ्रेको तल्लो केराबारीका गाउँलेले बत्ती चाहियो भनेर ठाउँ ठाउँमा हारगुहार गरिरहेको थाहा पाइन्। राजमार्गबाट तीन घण्टामा हिँडेर पुगिने तल्लो केराबारीमा २५ पुसमा बत्ती बलेपछि गाउँलेहरूले दृष्टिलाई भने, “हाम्रो गाउँ अँध्यारो र गरिब थियो तपाईंले आज हामीलाई धनी बनाइदिनुभयो।” गाउँलेले यसो भन्दा फूलमाला र अबिरले रङ्गिएकी दृष्टिका आँखा हर्षले रसाए। उनले जलविद्युत् व्यवस्थापन र सञ्चालनका लागि केही रकम छुट्याएर गाउँलेलाई नै हस्तान्तरण गरिदिएकी छन्। केराबारीमा बिजुली बालेर माघको पहिलो साता अमेरिका उडेकी दृष्टि बेलाबेलामा गाउँमा फोन गरेर आयोजना चले नचलेको बुझने गर्छिन्।

बिजुली आउनासाथ गाउँको कायापलट हुन्छ भन्ने दृष्टिले सोचेकी थिइन्। उनलाई लाग्थ्यो, बिजुली आएपछि केटाकेटीले राति पनि पढ्न पाउँछन्, खेतीपातीका लागि ग्राण्डिङ मेशिन चलाउन सकिन्छ, कुखुरा पालन, माछा पालन, सिलाइबुनाइदेखि चिस्यान केन्द्र खोल्न सकिन्छ, डेरी चलाउन सकिन्छ। उनी भन्छिन्, “सबै कुरा तुरुन्तै होला भन्ने लागेको थियो तर बिजुली आएपछि पनि विकासको गति लिन समय लाग्ने रहेछ।” बिजुली बलेपछि गाउँलेको पहिलो प्रतिक्रिया सम्झ्ँदै उनले भनिन् “७० रुपैयाँ लिटरको मट्टीतेल अब किन्न पर्दैन भनेर गाउँले खुसी भएका थिए।”

देशको माया

तीन वर्षअघि परोपकार अनाथालयका बालबालिकालाई जाडोको लुगा बाँड्दै ।
नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने आफ्नो विद्यालयमा पढ्दाताकाको चाहना अहिले सम्झ्ँदा उनलाई हाँसो उठ्छ। उनी भन्छिन्, “राजनीतिका बारेमा अझ्ै बुझन सकेकी छैन, प्रधानमन्त्री कसरी बनिएला र! तर, देशका लागि केही गर्न प्रधानमन्त्री, मन्त्री या नेता नै बन्नुपर्छ भन्ने छैन।” उनका भनाइमा देशका लागि केही गर्ने चाहना भए पुग्छ, सबैले आ-आफ्नो ठाउँबाट सानै काम गरे पनि हुन्छ।

दृष्टिका बाबु डम्बरबहादुर अनाथ आश्रममा हुर्केका हुन्। जाडोको एकदिन बाबुले परोपकार अनाथालयका केटाकेटीहरूका लागि न्यानो कपडा जुटाउने तयारी गरेको उनले थाहा पाइन्। त्यसको जोहो गर्नका लागि अमेरिकामा १२ कक्षा पढ्दै गर्दा दृष्टिले आफ्ना पाँच जना साथीको सहयोग लिएर कलेजमा नेपाली खाना पकाइन् र पाँच डलरका दरले बिक्री गरिन्। खाना बेचेर जम्मा गरेको ३६० अमेरिकी डलरले अनाथ आश्रमका बालबालिकालाई स्वेटर र कापीकलम समेत पुग्यो। उनी भन्छिन् “सानो कुराले पनि कति ठूलो प्रभाव पार्दो रहेछ भन्ने अनुभव स्वेटर लगाएर खुसी भएका बच्चाहरूलाई देखेर भयो।”
दृष्टिलेे अमेरिकास्थित आफ्नो कोठामा नेपालको राष्ट्रिय झ्ण्डा राखेकी छिन्। यसले उनलाई आफ्नो देशमै रहेको आभास दिलाउँछ। तर यस पटक नेपाल आउँदा उनले नेपाली राष्ट्रियता छिन्नभिन्न हुँदै गएको महसुस गरिन्। उनको बुझ्ाइमा अहिले नेपाल र नेपाली भन्ने कुरा
nepali_kancha
Site Admin
 
Posts: 269
Joined: Thu Apr 17, 2008 3:20 am



Return to Blogpost

Who is online

Users browsing this forum: No registered users and 1 guest